Articles
News & Viewsइतिहासमा दलित महिला
Author: Padhma Lal bishokarma
दलितको परिभाषा आजका जनजाति लगायतका गैर-आर्य जातिका समूहभित्र पनि छुवाछूत सहितको वर्णव्यवस्था लादियो । परिणामस्वरुप वर्तमानका खस, जनजाति एवं मधेशी समाजभित्र पनि दलितहरु छन् । यसैले 'दलित जाति' भन्दा खस जाति भित्रका समूह मात्रै बुझिन्छ । तर्सथ खस, नेबारी (जनजाति) र मधेशी लगायतका समुदायबाट समेत अछूत बनाइएका समग्र समुदायलाई 'दलित' मात्रै मन्नु उपयुक्त हुन्छ । "दलित महिला" भन्नाले दलित समुदायभित्रका सम्पूर्ण महिलाहरुलाई बुझिन्छ ।
सामन्तवादी हिन्दु सामाजिक संरचना भित्र आधारभूत पेशा, व्यवसाय, सीप तथा कला क्षेत्रमा संलग्न रहँदै आएका कारण चरम जातीय विभेद र अमानवीय छुआछूतको उत्पीडन भोग्दै आएको समुदायनै दलित हो । भारतीय उपमहाद्वीपमा आर्यहरुले चलाएको वर्णव्यवस्था कालक्रममा 'वर्णाश्रमधर्म' (हिन्दू धर्म) बन्न पुग्यो । यर्सथ प्रारम्भमा वर्णव्यवस्था अंगीकार गर्ने 'आर्य जाति' भित्र विविध कारणले जातिच्यूत गरिएका आधारभूत तहका जनता मात्रै दलित थिए तर हिन्दू धर्मको विस्तार तथा हिन्दू आर्य राजा-महाराजाको शासनमा द्रविड र मंगोल नश्ल लगायतका जनताहरु माथि पनि वर्णव्यवस्था र छुआछूतको चलन लादियो । वर्णव्यवस्था भित्रको 'शूद्र' वर्णबाट हटाएर अजात तथा अछूत बनाएको समूहनै दलित हो । त्यसैले अछूतलाई वर्णब्यबस्था भित्रै समेटन कसै कसैले 'अतिशूद्र' वा 'पञ्चमवर्ण' पनि भन्ने गरेको पाइन्छ । तर त्यस्तो पञ्चमवर्ण उल्लेख शास्त्रमा भेटिदैन ।
Download File
Advance Search
Check Mail