News & Views
Resources

Federalism by Jill CottrellFederalism Issues in Designing a Federal System by Jill Cottrell in english language Download Powerpoint file Read more

संघीय प्रणाली प्रारुपका सवालहरुFederalism Issues in Designing a Federal System by Jill Cottrell in Nepali language Read more

Articles

जातीय तथा भाषिक आधारमा सङ्घीय राज्यहरुको 
Author: बालक&#

सन् २००१ को राष्ट्रिय जनगणनाका आधारमा नेपालमा १०० जात/जाति (Caste/Ethnic Groups), चार प्रकारका नश्ल (Race), ९२ थरी भाषा/भाषि  (Mother Tongue)  र आठ प्रकारका धर्मावलम्वी (Religion) छन । सन् १९९१मा जात/जातिको संख्या केबल ६० मात्र थियो । त्यो भन्दा अघि पनि जात/जातिका आधारमा जनगणना लिने गरिएको भएता पनि नेपालमा कति जात/जाति रहेकाछन भन्ने विषयमा सरकारी तथ्याङ्क र्सार्वजानिक हुन सकेको थिएन । त्यसका लागि सरकारी नीतिनै एकातिर जिम्मेवार थिए भने अर्कातिर सम्बन्धित निकायहरु अल्पसंख्यक भाषाहरुप्रति उदासिन (a lukewarm attitude) देखिनु जिम्मेवार थियो (शर्मा, १९८६)। सन् १९९०  भएको राजनीतिक परिवर्तन र बहुदलीय प्रजातान्त्रिक  व्यवस्थाको पुनरस्थापनासंगै  आएको राजनीतिक परिवर्तनको एउटा उपलब्धिका रुपमा जात/जातिको बारेमा तथ्याङ्क आउनुलाई पनि लिने गरिएको छ (गुरुङ्ग, २००६) । मानवीय ज्ञानमा आफ्नो समुहको बोधसंगै आफना सदस्यहरुको सहि रुपमा गन्ति गर्ने प्रचलन सुरुभएको हुनु पर्दछ र संगै आफूलाई मन नपरेकालाई आफ्नै समुदायबाट छुटाइ दिने प्रवृत्तिको पनि । नेपालमा सन् १९५२/५४मा पहिलो पल्ट सम्पन्न जनगणनालाई औपचारिक रुपमा वैज्ञानिक पद्धतिबाट सम्पन्न गरिएको जनगणना भनीएता पनि यो र यस पछिका तथ्याङ्कहरुको विश्वसनीयता माथि विगत ६ दसक देखि, विशेषत जनगणनामा नसमेटीएका र सामाजिक रुपमा वहिस्किृत समुदायहरु र प्राज्ञिक क्षेत्रको, आलोचना -भट्टचन १९९१; दाहाल, १९९५; माबुहाङ वि.स. २०५६) मूक्त हुन सकेको छैन । नेपाल कुनै एउटा जातिको बहुसंख्या भएको मुलुक नभै विभिन्न स साना जात/जातिहरु बसोबास गरेको मुलुक हो । मुलुकको कुल आवादीको लगभग १६ प्रतिसत जनसँख्या भएको क्षेत्री (खत्री+खस) सबै भन्दा ठुलो जाति हो भने, करिब १२ प्रतिसत संख्या भएको पर्वते बाहुन दोस्रो ठुलो जाति हो । राजा पृथ्बीनारायण शाहले आफ्नो दुःखले आर्जेको मुलुक नेपाललाई चारवर्ण छत्तिस जातिको भनेबाट पनि ठुला साना जात/जातिहरु बसोबास गरेको वास्तविकता स्पष्ट  हुन्छ । जुनकुरो लामो समय सम्म विना तथ्याङ्क कुन जात/जाति कतिको सङ्ख्यामा रहेकाछन भन्ने कुराको जानकारी नदिइ गुमराहमा राख्ने काम भयो । एकातिर सामाजिक बहुलता हाम्रो नेपाली समाजको यथार्तताहो भन्ने, तर बहुलताका भिन्न भिन्न जात/जातिको समुल रुपहरुको चर्चा नगर्ने । गर्दा मुलुकमा विखण्डन हुन्छ भन्ने जुन विसङ्गतिछ, त्यसको तार्त्पर्य के हुन सक्छ? नेपाली समाजको एउटा अहम प्रश्नको रुपमा यो विसङ्गति रहेकोछ ।

Download File 
Go Back  
Advance Search

Check Mail

Email

Password

Newsletter