Articles
News & Viewsराष्ट्रिय परामर्श गोष्ठी
बहिष्करणमा पारिएको समुदायको दृष्टिमा
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान (मस्यौदा)
राष्ट्रिय परामर्श गोष्ठी
२०६७ माघ २० गते (३ फेब्रुअरी २०११)
प्रतिवेदन
१. पृष्ठभूमी
जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्च नेपाल (एनकार्ड) ले राज्यद्वारा वहिष्करणमा पारिएका सुमुदाय माथि हुने विभेदको विरुद्धमा विभिन्न कार्यक्रम मार्फत आवाज उठाउदै आइरहेको छ र यी समुदायको हक अधिकारको लागि राज्यलाई दवाव दिनका लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ। यही सन्दर्भमा सिमान्तकृत समुदायहरुको अव बन्ने संविधान कस्तो हुने भन्ने सन्दर्भमा र बन्न लागेको नयाँ संविधानमा दलित, आदिवासी जनजाती, मुस्लिम तथा अन्य विभेदमा पारिएका समुदायको मनोभावनालाई समेट्ने गरि एउटा वैकल्पिक संविधानको निर्माणार्थ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्ति एवं दलित, जनजाती र मुस्लिम अधिकारकर्मीको उपस्थितिमा पाँच दिने आवाशिय कार्यशाला गोष्ठि मार्फत एउटा संविधानको मस्यौदा तयार पारि पुनः त्यसमा सवै क्षेत्र र दलित, जनजाती तथा मुस्लिम अधिकारकर्मीको राय सल्लाह र सुझाव संकलन गर्नका लागि “वहिष्करणमा पारिएका समुदायको दृष्टिकोणमा समावेशी संविधान (मस्यौदा) को राष्ट्रिय परामर्श गोष्ठी” वल्डट्रेड सेन्टर, त्रिपुरेश्वरमा मिति २०६७ माघ २० गते (३ फबु्रअरी २०११) मा संविधानविद तथा विभिन्न दलित, आदिवासी जनजाती तथा मुस्लिम अधिकारकर्मीको उपस्थितिमा सम्पन्न भयो।
Advance Search
Check Mail