Articles
News & Viewsसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको
Author: जाती
यसरी तयार भयो नमुना संविधान
प्रस्तुत 'नमुना संविधान' संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोलागि संविधान निर्माणको एउटा अभ्यास हो । कानुनी रूपमा यसको कुनै हैसियत छैन । तर, जुन प्रक्रियाबाट नमुना संविधानको रूपमा यो अभिलेखको तयारी भयो यसले अनेकन रूपमा राजनीतिक हैसियत र महत्व राख्दछ । यसै विश्वासमा यो सामाग्री सबैको सामु पुगोस भन्ने आकांक्षाकासाथ प्रकाशित गरिएको छ ।
सार रूपमा यसको समपूर्ण श्रेयको हकदार हुनुहुन्छ भक्तपुरको खरिपाटीमा २०६५ बैशाख २८ देखि जेठ १० सम्म आयोजना गरिएको नमुना संविधान सभामा सभासद्का रूपमा सहभागी भएका प्रतिनिधिहरू । जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्चले यसको लागि केवल सहजिकरणको र ब्यवस्थापकीय भूमिका मात्र निभाएको थियो ।
मुलुकको ५० जिल्लाबाट छानिएर आएका ८५ जना र आयोजक संस्थाबाट मनोनित ११ जना सहित कूल ९६ जना सीमान्तिकृत, पिछडिएका तथा उत्पीडनमा पारिएका समुदायका प्रतिनिधिहरू उक्त नमुना संविधान सभामा सभासद्का रूपमा सहभागी भएका थिए । विभिन्न २४ समुदायका आदिवासी जनजाति ६१ जना, पहाडिया दलित ९ जना, मधेशी दलित ८ जना, क्षेत्री ७ जना, मुस्लिम ६ जना, बाहुन ४ जना र मधेशी यादव १ जनामध्ये दृष्टिविहिन/अपाङ्ग ४ जना र यौन अल्पसंख्यक २ जना सभासद् थिए । कूल ९६ जनामा पुरुष ५४, महिला ४०, यौनिक अल्पसंख्यकबाट २ जना थिए । यसरी, तय गरिएको जम्मा १०० जना प्रतिनिधिहरूमध्ये ४ जनाको अनुपस्थिति रहृयो ।
ती प्रतिनिधिहरूका चयनकालागि र नमुना संविधान सभामा प्रस्तुत गर्न जनताका संविधान निर्माणसंग सम्बन्धित धारणाहरू क्षेत्रगत रूपमा संकलन गर्नकालागि नेपालको धरान, गार्इघाट, जनकपुरु , वीरगञ्ज, हेटैाडा, ललितपुर, पोखरा, वुटवल, प्यूठान, नेपालगञ्ज र जुम्लामा परामर्श भेलाहरू आयोजना गरिएका थिए । उक्त भेलाहरूबाट ती क्षेत्रका समुदायगत समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता सहित लोकतान्त्रिक तरीकावाट छनौट प्रक्रिया संचालन गर्न लगाइएको थियो ।
दुइ सातासम्मको नमुना संविधान सभालाई अन्तरराष्ट्रिय तथा राष्ट्रिय संविधानविद्हरूको प्राविधिक सहयोग र सल्लाहमा विश्वजन्य विधि र प्रक्रियाको पालना गर्दै सञ्चालन गरिएको थियो । यद्यपि, वास्तविक संविधान सभाले कमसेकम दुइ बर्षो समय सीमाभित्र नेपालको नयाँ संविधान निमार्ण गर्ने लक्ष लिइएकोमा नमुना संविधान सभाले केवल चैाध दिनको सीमित समयमा संविधानको सबै अङ्ग पुरा गरेर एउटा मस्यौदा तयार गरिनु अत्यन्त चुनौतिपूर्ण काम थियो नै । तर, नमुना संविधान सभामा सभासदका रूपमा सहभागी प्रतिनिधिहरूले आफु पूर्णतया सार्वभौम रहेको अनुभूत गरेर लेखिएको यस नमुना संविधानका प्रत्येक अंशमा देसका विभिन्न क्षेत्रबाट आएका विभिन्न समुदायका आकांक्षा र चाहना प्रि तविम्बित भएका छन् । त्यसैले पनि यो अभिलखेले आफ्नै ऐतिहासिक महत्व राख्दछ । यसरी, वास्तविक संविधान सभाकोलागि यो एउटा सर्न्दर्भसामग्री तयार भएको छ ।
त्यसो त, यसमा सुझाइएका कुराहरू जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्चका आधिकारिक धारणा होइनन् । मुलुकका विभिन्न जाति, भाषा, धर्म, संस्कृति, क्षेत्र र समुदायका प्रतिनिधिहरूले एकै ठाउँमा भेला भएर साझा अवधारणाको रूपमा तयार गरिएको अभिमतलाई संग्रहित गर्ने काम मात्र यस मञ्चले गरेको हो । यति हुंदाहुदै पनि, हामी के कुरामा आश्वस्त छैां भने यो नमुना संविधान जनताको अभिमत हो । यसका कतिपय पक्षमा सहमत असहमत भएर पनि वास्तविक संविधान निर्माणका लागि यसले एउटा आधारको काम गर्ने छ । यसले राष्टको नयाँ संविधान निमार्ण गर्ने अभियानमा महत्वपूर्ण पुरकको भूमिका निवार्ह समते गर्नेछ ।
डा. सुमित्रा मानन्धर गुरुङ्ग
अध्यक्ष
जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्च
(NCARD)
Download File
Advance Search
Check Mail