News & Views
Resources

Federalism by Jill CottrellFederalism Issues in Designing a Federal System by Jill Cottrell in english language Download Powerpoint file Read more

संघीय प्रणाली प्रारुपका सवालहरुFederalism Issues in Designing a Federal System by Jill Cottrell in Nepali language Read more

Articles

समबेशी लोकतन्त्र संबिधान निर्माण
Author: Kasiraj dahal

 समबेशी लोकतन्त्र संबिधान निर्माण

काशीराज दाहाल

संविधान विश्लेषक

भूमिका

लोकतन्त्र नागरिकका हक अधिकार सुरक्षित गरी समाजमा विधिको शासनको सभ्यता कायम गर्ने उत्कृष्ट राजनीतिक व्यवस्था हो । लोकतन्त्रले सबै नागरिकलाई समानरूपमा अवसर प्रदान गर्छ । लोकतन्त्रमा प्रभावकारी सहभागिता, समानता र समन्यायको सुनिश्चितता, राष्ट्रका महत्वपूर्ण विषयमा अन्तिम निर्णयगर्ने शक्ति जनता, निरङकुशताको अन्त्य, आधारभूत अधिकारको संरक्षण, स्वतन्त्रताको प्रत्याभूति, आत्मनिर्णयको अधिकार, स्वायत्तता, मानव विकास, शान्ति र सद्भाव जस्ता कुराहरूको सुनिश्चितता हुन्छ ।

लोकतन्त्रले सरकारलाई निर्दयी र निरङकुश हुनबाट रोक्छ । नागरिकको आधारभूत अधिकारको प्रत्याभूत गर्छ । स्वतन्त्रताको सम्मान हुन्छ । विश्वव्यापी रूपमा स्वीकृत आधारभूत मानव अधिकार, जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता, जनताको सर्वोच्चता र नागरिक सरकार, कानूनको शासन, सामाजिक न्याय र समानता, आवधिक निर्वाचन, शक्तिपृथकीकरण एवम् शक्तिसन्तुलन र नियन्त्रण, स्वतन्त्र र सक्षम न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकारको प्रत्याभूति, उत्तरदायी र जिम्मेवार सरकार, पारदर्शीता, जवाफदेहीता र सुशासन, प्रतिस्पर्धात्मक वहुदलीय राजनीतिक प्रणाली, राज्यको स्रोत र साधनमा सबैको समान एवं समन्यायिक वितरण, निष्पक्ष स्वच्छ तथा सक्षम प्रशासनतन्त्रहरूको पूर्ण परिपालना जस्ता व्यवस्थाहरूलाई स्वीकार गरेको राज्य नै लोकतान्त्रिक राज्य हो । लोकतन्त्रीकरणको प्रक्रिया संस्थागत नभएको समाजमा पहिचानको समस्या, वैधानिकताको समस्या, लोकतन्त्रका उपलब्धीहरू जनस्तरमा पुर्याउने पहुँचको समस्या, व्यापक जनसहभागिताको समस्या, विभिन्न स्वार्थहरूको समायोजन र एकीकरणको समस्या, वितरणको समस्या जस्ता विभिन्न समस्याहरू रहिरहन्छन् । लोकतन्त्रलाई जीवन्त बनाउने भनेको राजनैतिक सँस्कृति र लोकतान्त्रिक संस्कार नै हो ।

 

 

Download File 
Go Back  
Advance Search

Check Mail

Email

Password

Newsletter