Articles
News & Viewsसमस्या र समाधान
Author: हमीद &
पृष्टभूमि भनिन्छ नेपालमा मानवले जन्म लिँदैन, जातिले जन्म लिन्छ । नेपालको एकीकरण गर्ने सर्न्दर्भमा डाँडा-काँडा, नदी-नाला, जंगल इत्यादि जोडियो तर हालसम्म त्यहीँ बस्दै आएका मानिसहरुलाई फुटाउने, लडाउने काम बाहेक तिनहरुलाई एकताको शूत्रमा बाँध्न सकिएन ।नेपालको भौगोलिक एकीकरण भएपनि गएको २३७ वर्षदेखि नेपालको राज्य सत्तामा कायमै रहेको विभेदकारी शासन व्यवस्था बहुदलीय संसदीय व्यवस्थाको स्थापना पछिपनि सवै धर्माबलम्बी, जनजाति, दलित, मुस्लिम र भाषा-भाषीको भेदभाव निरन्तररुपमा कायम नै रहेको छ । यसैबीचमा शासन प्रणालीमा आमूल परिवर्तनको उद्देश्य राखेर एक दशक अगाडिदेखि संचालित माओवादी सशस्त्र जनयुद्धको असर देशको सम्पूर्ण क्षेत्रमा देखिँदै आएको छ । यस्ले नेपालको सम्पूर्ण क्षेत्र प्रभावित गरिसकेको छ र अहिले असंवैधानिक सरकारले द्वन्दलाई समाधान गर्ने तर्फध्यान नदिएर समस्याहरुलाई झन जटील तुल्याउँदै ल्याएको छ । यसैले माओवादी सशस्त्र व्रि्रोहलाई अझ आक्रमक गतिविधि संचालन गर्न उत्तेजित गराएको छ । साथै आन्दोलनरत राजनैतिक दलहरु र नागरिक समाजलाई पनि विरोध प्रदर्शन गर्नु पर्ने वाध्यता गर्राई दिएको छ । यस्तो अवस्थामा मुस्लिम समुदाय पनि राजनैतिक गतिविधिबाट अलग भएर बस्ने अवस्था रहेन । हालसम्म देखिएका राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धी द्वन्दले मुलुक आक्रान्त भई सवैतिर अशान्ति, हत्या र हिंसाको श्रृंखलालाई पनि बर्ढाईएको छ । राजनैतिक द्वन्दले मुलुक आक्रान्तभई असफल राष्ट्रको मार्गमा गइरहेको अवस्थामा हामी मुस्लिम समुदायको पनि प्राथमिकता भनेको शान्ति र द्वन्दको राजनैतिक ढंगले समाधानको मार्ग मुलुकले समात्नु पर्छ भन्ने विषयमा एकमत छौं । हालै सरकारले गराएको निर्वाचनबाट मुलुकको आधारभूत राजनैतिक समस्या समाधान सहीढंगले गर्छ भन्ने कुरामा हाम्रो विश्वास छैन । निर्वाचन भनेको राजनीतिक अभ्यास गर्ने बाटो मात्र हो । निर्वाचन आफै लोकतन्त्रको परिपूरक हुन सक्दैन । त्यसैले वर्तमान विभेदकारी शासन व्यवस्थालाई परिवर्तन गरी राज्यको पर्ुनर्संरचना गर्नु पर्दछ । मुस्लिम समुदाय पनि र्सव धार्मिक, जाति, जनजाति, दलित सुव्यवस्थित र शान्तिमय बनाउन, विकास गर्न र्सवप्रथम बहुलवादी राज्य व्यवस्थाको निर्माण गर्न आवश्यक छ भनि ठान्छन् । प्रस्तुत कार्यपत्रमा देशको विद्यमान जटील समस्यालाई समाधान गर्ने र दिगो शान्ति र विकासको लागि वर्तमान अवस्थाको विश्लेषण र अग्रिम बाटो पहिल्याउन केही सुझावहरु प्रस्तुत गरी छलफलमा ल्याई अझ परिमार्जित र परिष्कृत गर्ने जमर्को गरिएको छ । आशा छ । यस सभाले यस सम्बन्धी प्रयासमा सहयोग अवश्य नै गर्ने छ र अन्य नेपाली समाजका समुदायहरुसंग काँधमा काँध मिलाई नेपाललाई अति सुन्दर,
Download File
Advance Search
Check Mail