Articles
News & ViewsAlternative Constitution
Author: NCARD
प्रस्तावना
हामी सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनता ,
भाषिक, धार्मिक, सांस्कृतिक, सामुदायिक, लैगिक, जातीय छुवाछुत जस्ता विभेदको पहिचान गर्दै त्यसप्रति पश्चाताप र भर्त्सना गर्दैं,
हाम्रो भूमिमा न्याय र स्वतन्त्रताको लागि शहादत प्राप्त ज्ञात अज्ञातहरु प्रति सम्मान गर्दैं,
नेपाली जनताले २००७ साल अगाडिदेखि आर्थिक, सामाजिक, सास्कृतिक, राजनैतिक, नागरिक अधिकारकालागि गर्दै आएका ऐतिहासिक संघर्ष तथा जनआन्दोलन र सामाजिक अभियान मार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट गरेका जनादेशको कदर गर्दै,
देशमा विद्यमान जातीय, क्षेत्रीय, वर्गीय तथा सामुदायिक, धार्मिक, भाषिक तथा लैङ्गिक विभेदको अन्त्य गर्दै राज्यको अग्रगामी पुनर्संरचना गर्र्न,
प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक वहुदलीय शासन व्यवस्था, जातिय स्वायत्तता र स्वशासन सहित, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, सामाजिक न्याय, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै217
लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक प्रगतिशील रुपान्तरण तथा देशको सार्वभौमिकता, धर्मनिरपेक्षता, सामुदायिक तथा सांस्कृतिक विविधतामा राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै,
आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न सामुदायिक र राजनैतिक सहमतिबाट तयार भएको यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०६७ नेपाली जनताले आफ्नो संविधान आफैले वनाई जारी गरेका छौं ।
भाग १
प्रारम्भिक
१. संविधान मूल कानुन : (१) यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसंग बाझने कानुन बाझएको हदसम्म अमान्य हुनेछ ।
(२) यस संविधानको पालना गर्नु नेपाल राज्यका प्रत्येक अंङ्गहरू र पदाधिकारीहरू लगायत अन्य सम्पूर्ण नेपाली नागरिक तथा ब्यक्तिहरूको कर्तव्य हुनेछ ।
२. सार्वभौमसत्ता र राजकीय सत्ता : नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहनेछ ।
३. राष्ट्र : नेपाल राष्ट्र विभिन्न जाति, भाषा, संस्कृति, समुदाय र क्षेत्रको आधारमा बनेका विशेष स्वायत्त तथा स्वसासित क्षेत्रहरू सहितको देहायका स्वशासित प्रान्तहरूको सामुहिक संघीय चरित्र, सहअस्तित्व, सहिष्णुता, सहचारिता, स्वतन्त्रता, अखण्डता र राष्ट्रहित तथा समृद्धिप्रति आस्थावान् रही विविधता बीचको एकताको सूत्रमा बाँधिएका जातीय छुवाछुत तथा सवै प्रकारका विभेद मुक्त नेपाली जनताको समष्टि रूप राष्ट्र हो ।
क) खप्तड/द्रविड/सयल स्वायत्त प्रान्त
ख) जडान स्वायत्त प्रान्त
ग) कर्णाली स्वायत्त प्रान्त
घ) लुम्विनी अवध थारुवान स्वायत्त प्रान्त
ङ) मगरात स्वायत्त प्रान्त
च) तमुवान स्वायत्त प्रान्त
छ) नारायणी स्वायत्त प्रान्त
ज) तामाङसालिङ स्वायत्त प्रान्त
झ) नेवाः स्वायत्त प्रान्त
ञ) सुनकोशी स्वायत्त प्रान्त
ट) शेर्पा स्वायत्त प्रान्त
ठ) किरात स्वायत्त प्रान्त
ड) लिम्बुवान स्वायत्त प्रान्त
ढ) सल्हेशस्वायत्त प्रान्त
Advance Search
Check Mail