Articles
News & ViewsSamajik Parichalakko Hatekitaap (Nepali Language )
सामाजिक परिचालकको हातेकिताब
आभार
जातीय भेदभाव विरूद्ध राष्ट्रिय मंचले “संविधान निर्माण तथा लोकतान्त्रिकरण प्रक्रियामा वहिष्करणमा परेका समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने परियोजना” संचालन गरिरहेको छ। यसै सिलसिलामा महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा धार्मिक अल्पसंख्यकहरू समेटिएको पूर्ण समावेशी संविधानसभा निर्माण हुन सकोस् र बहिष्करणमा परेका समुदायहरूका जल्दाबल्दा मुद्दाहरूलाई सर्वमान्य संवैधानिक सिद्धान्त र मूल्य–मान्यताका आधारमा समावेश र सम्बोधन गर्न असल संविधानको निर्माण गर्ने कार्यमा सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले सामाजिक परिचालकहरूका लागि प्रशिक्षक–प्रशिक्षण कार्यक्रम संचालन भइरहेको छ।
सामाजिक परिचालकहरूले प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा भाग लिइसकेपछि आ–आफ्नो कार्यक्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा धार्मिक अल्पसंख्यकहरूलाई संविधान भनेको के हो, संविधानसभा भनेको के हो, राज्यको पुनर्संरचना के र कस्तो हुनुपर्छ, निर्वाचन प्रणालीका किसिमहरू के कस्ता हुनसक्छन्, एकात्मक र संघात्मक व्यवस्थाका कुराहरू के हुन्, महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा धार्मिक अल्पसंख्यकहरूले उठाइरहेका जल्दाबल्दा मुद्दाहरू के हुन्, समावेशीकरणका सवालहरू के कस्ता हुन् जस्ता विषयहरूमा प्रशिक्षण दिनेछन्। सामाजिक परिचालक, सबै किसिमका सरोकारवाला र अन्य खेलाडीहरू (Actors) संविधानसभाको निर्वाचन र संविधान निर्माणको सम्पूर्ण प्रक्रियामा व्यापक जनसहभागिता जुटाउन समुदायस्तरमा लागि पर्नेछन्। यो अभियानमा सहयोग पुग्न सकोस् भन्ने हिसावले सामाजिक परिचालकहरूका लागि यो हातेकिताब तयार गरिएको छ।
हेर्न र उपयोग गर्न सजिलो होस् भन्नका लागि हातेकितावलाई पांच भागमा मिलाएर राखिएको छ, ती हुनु परिचय, पाठ योजेर, शव्दावलीका अथर्/ परिभाषा, उद्धतृ सामगी्र , र जल्दाबल्दा मद्दाहरू।
सामाजिक परिचालकका लागि प्रशिक्षण प्रक्रियामा प्रयोग गर्न उद्धृत गरिएका सामग्रीहरू नेपाल समसामयिक अध्ययन केन्द्रद्वारा प्रकाशित नेपालमा लोकतन्त्र र संविधानसभा ― एक छलफल, फोरिड र आर्एस्डिसीको संविधानसभा― वकालत प्रशिक्षण पुस्तिका, मल्ल के. सुन्दरद्वारा तयार पारिएको र नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित संविधानसभा प्रक्रिया र आदिवासी जनजाति दृष्टिकोण, डा.महेन्द्र लावतीद्वारा लिखित समावेशी संविधानसभा र राज्यको पुनर्संरचना बाट लिइएका छन्। यी सामग्रीलाई प्रशिक्षण सामग्रीकोरुपमा प्रयोग गरिनेछन्।
विशेष गरेर मूल्याङ्कन मासिकले अन्तरक्रियाको रूपमा प्रकाशित गरेर बजारमा उपलब्ध गराएको लेखहरूबाट उद्धृत गरिएका अंशहरु अध्ययन सामग्रीकोरुपमा हातेकितावमा समावेस गरिएका छन्। समय साप्ताहिकको लेखबाट पनि उद्धृत गरिएका अंशहरु छन्। ती लेखहरूको प्रयोग गरिनु आपत्तिजनक हुने छैन भन्ने विस्वास लिएको छु। सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्दछु।
हातेकिताव तयार गर्न सबै किसिमका सामग्रीहरू उपलब्ध गराएर, आवश्यक प्रबन्ध मिलाई सल्लाह र सुझाव दिएर सहयोग पुर्याउनु हुने जातीय भेदभाव विरूद्ध राष्ट्रिय मंचका आयोजना प्रबन्धक नेत्र तुम्बाहाम्फे र कार्यक्रम अधिकृत रोम विश्वकर्माप्रति आभार व्यक्त गर्न चाहन्छु। टाइपिङको सम्पूर्ण काम गरिदिएर सहयोग गर्ने विश्वराम थापालाई विषेश धन्यवाद दिन चाहन्छु।
Download File
Advance Search
Check Mail