जातीय विभेद विरुद्ध विश्व सम्मेलन – २०००, राष्ट्रिय तयारी समिति, नेपाल
पत्रकार भेटघाट कार्यक्रम
२२ जुन २००१
पे्रस विज्ञप्ती
संयुक्त राष्ट्र संघको आरुवानमा “जातीय विभेदलाई परास्त गरौं र समानता, न्याय र आत्मसम्मान कायम गरौं” भन्ने नारा सहित यसै बर्ष २००१ अगष्ट २८ देखि सेप्टेम्वर ७ सम्म दक्षिण अफ्रिकाको दरवान शहरमा आयोजना भइरहेको जातीय विभेद विरुद्ध विश्व तेस्त्रो विश्व सम्मेलनका तयारीका सन्दर्भमा नेपाली नागरिक समाजका तर्फबाट पनि आफ्नो समाजको सम्वन्धित समस्यालाई विश्व सामू प्रस्तुत गर्ने र अन्तरराष्ट्रिय मान्यता अनुसार तीनका सही समाधान पहिचान गर्ने प्रयत्न स्वरुप जातीय विभेद विरुद्ध विश्व सम्मेलन – २००० , राष्ट्रिय तयारी समिति,नेपालद्वारा आजसम्म आइपुग्दा राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चहरुमा सकारात्मक तथा प्रभावकारी भूमिका खेल्न पाएको सम्वन्धमा प्रेस जगत समक्ष सहर्ष जानकारी गराउन चाहान्छौं।