संघीयता : समावेसी मुद्दाहरू
नयाँ संविधान र मुस्लिम समुदाय रहमतुल्ला मियाँ
राज्यको पुर्नसंरचना र
अब बन्ने संविधानमा दलित हरि बहादुर गान्धारी/गजाधर सुनार
नयां संविधान र अल्पसंख्यकहरूको अधिकार नीरु श्रेष्ठ
संवैधानिक रुपमा समावेशीकरण : एक दृष्टिकोण मल्ल के सुन्दर
नयाँ संविधान र मुस्लिम समुदाय
– रहमतुल्ला मियाँ
(महासचिव, मुस्लिम संघ नेपाल)
पृष्ठभूमि
नेपालमा मुस्लिमहरू परापूर्वकालदेखि नै बसोबास गर्दै आइरहेका हुन्। तर, यिनीहरूको चौतर्फी हक एवं हितका लागि संबैधानिक सुनिश्चितता भने गरिएको देखिदैन। राष्ट्रले जहिले पनि नेपाली मुस्लिमहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिरहेको छ। नीति निर्माण र निर्णय गर्ने अधिकारबाट मुस्लिमहरूलाई सदैव टाढै राखिए। जुनसुकै क्षेत्रमा यिनीहरूको पहुँच नगन्य देखिन्छ। प्रत्येक १०/१० बर्षमा हुने राष्ट्रिय जनगणनामा पनि मुस्लिमहरू ठगिएका छन्। वि.सं. २०५८ सालको जनगणना अनुसार सरकारले मुस्लिमहरूको जनसंख्या ४.२० प्रतिशत अर्थात् ९,५४,०२३ मात्र देखाइए पनि यो संख्या २० लाखसम्म हुनुपर्छ भन्ने मुस्लिम समुदायको आँकलन रहेको छ। राजनीतिक पार्टीहरूले नेपाली मुस्लिमहरूलाई सदैव भोट बैंकका रूपमा मात्र लिए। अहिलेसम्म निर्माण भएका नेपालका ६ वटा संविधानले पनि मुस्लिमहरूको समस्यालाई सही रुपमा सम्बोधन गर्न सकेको देखिदैन।