४५ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस
अपील
हरेक वर्ष २१ मार्चमा “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” मनाइन्छ। सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल शहरमा रंगभेद विरुद्ध त्यहाँका जनताले प्रदर्शन गर्दा प्रहरीको दमनबाट ६९ जना मानिसको मृत्यू भएको थियो। सन् १९६५ मा संयुक्त राष्ट्रसंघले सबै प्रकारको जातीय विभेद उन्मूलन महासन्धी पारित गरेको थियो। यसैगरी सन् १९६६ मा संयुक्त राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकाको सार्पभिल शहरमा भएको दुःखद घटनाको स्मरणार्थ हरेक वर्ष २१ मार्चलाई “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” मनाउने घोषणा गर्यो। यसर्थ उक्त वर्षदेखि नै “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” विश्वभर मनाइदै आइरहेको छ।
नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै आइरहेको सर्वविधितै छ। सबै विभेदमा परेका, आदिवासी/जनजाती, दलित, मुस्लिम, मधेशी, महिला, अपांगता भएका, तेस्रो लिंगी, उत्पीडित, अल्पसंख्यक, सीमान्तकृत लगायतका समुदायहरुले संयु्क्त रुपमा यो दिवस मनाउँदै छन्। यो भन्दा पहिला यी समुदायहरुले अलगअलग रुपमा यो दिवस मनाउदथे। “४५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस”को अवसरमा नेपालमा पनि २८ मार्च सन् २०१० तदनुसार वि.सं. २०६६ साल चैत्र १५ गते आइतवारका दिनमा “म्ष्कत्रगबषिथ तजभ च्बअष्क्क” भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरिदैछ। मार्च २१ का दिन राष्ट्रिय सोक परेको हुनाले मार्च २८ मा यो दिवस मानाईएको हो। मानवअधिकार र सामाजिक सेवामा कार्यरत आदिवासी/जनजाति, दलित, मुस्लिम, मदेशी, महिला, तेस्रो लिंगी लगायतका समुदायहरुका ७० भन्दा बढी संघसंस्थाहरु मिलेर संयुक्त रुपमा यो दिवस मनाउँदैछन्।
मानवअधिकार, लोकतन्त्र, न्याय, कानूनी राज, समान अधिकार स्थापना गर्न र सबै खाले विभेद, विरुद्ध राष्ट्र, सरकार र अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकालाई स्मरण गर्न तत्सम्वन्धी विश्व घोषणापत्रहरुको सम्वन्धित पक्षसमक्ष कार्यान्वयन गर्न एवं गराउनका लागि दवाव र ध्यानाकर्षण गराउने यस कार्यक्रमको ल73य रहेको छ।
सबै विभेदमा पारिएका यी समुदायहरुको साझा मुद्दा पहिचानको मुद्दा हो। जातीय विभेद विरुद्धका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घोषणापत्रहरु कागजी लिखतमा मात्रै सिमित छन्। नेपालका संविधान र ऐन कानूनले देशको जातीय र भाषिक विभिधता स्वीकार गरेपनि सबै भाषा, संस्कृति, जात र समुदायलाई समान रुपमा व्यवहार नगर्नु विडम्बना हो। यसर्थ यी सबै समुदायहरुको स्पष्ट पहिचान सहितको कानूनी प्रत्याभूति गरिनुपर्छ।
यी समुदायहरुको निर्णायक तहमा पहुँच छैन। सबै तहमा यिनीहरुको पहुँचको ग्यारेन्टी गरिनुपर्छ। सबै तह र निकायमा समावेशीकरण, समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता, सकारात्मक विभेदका तह विशेष आरक्षणको व्यबस्था, मौलिक हकको प्रत्याभूति प्रदान गरी समान अधिकार र समान अवसरको कानूनी प्रत्याभूति संविधानमा सुनिश्चिता गरिनुपर्छ। जातीय विभेद, छुवाछुत, लैंगिक, क्षेत्रीय, भाषिक, धार्मिक, सांस्कृतिक शारिरीक, पेशागत लगायतका क्षेत्रमा हुने गरिएका सबै खाले विभेदहरु सदाका लागि निर्मूल गरिनुपर्छ। जातीय विभेद उन्मूलनसम्वन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुवन्धप्रति प्रतिवद्ध भई सम्वन्धित पक्षले भेदभाव र असमानताको ब्यवहार त्याग्नुपर्छ।
यसैगरी जातीय विभेद, गरिबी, सीमान्तीकरण, सामाजिक बहिष्करण, आर्थिक असमानतालाई हटाई जातीय विभेदमा पारिएका आदिवासी/जनजाति, दलित, मुस्मिल, मधेशी, महिला, अल्पसंख्यक आदिको अधिकारको सुनिश्चिता गरिनुपर्छ र अन्तर्राष्ट्रिय सन्धि, उपयुक्त संवैधानिक, प्रशासनिक, विधायिकी र न्यायिक उपायहरु अवलम्बन गर्न जोड दिनुपर्छ।
यी समुदायहरुको आत्मसम्मानका लागि न्याय र आदरपूर्ण व्यवहार गरिनुपर्छ। उनीहरु कुनै पनि प्रकारका विभेदबाट सताइनु हु्ँदैन। उनीहरुको संस्कृतिको पहिचानको हक उपयोग, स्वतन्त्र, समान हिसाबले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक जीवनमा सहभागी हुने अवसर दिइनुपर्छ। उनीहरुको आफ्नो चाहना र रीतिथिति अनुसारको विकास, जीवनशैली, संस्कृति, परम्परा, भाषा, धार्मिक धरोहरहरु संरक्षण एवं सम्वर्धन गरिनुपर्छ।
नेपालको सन्दर्भमा आदिवासी/जनजाति, मुस्मिल, दलित, मदेशी, महिला, अल्पसंख्यक, उत्पीडित तथा उपेक्षित समुदाय जहिले पनि अनिर्णयको बन्दी बन्दै आइरहेका छन्। यिनीहरुसँग नेपाल सरकारले विभिन्न समयमा सम्झौता र सहमति गरेपनि कार्यान्वयन हुन सकेको देखिदैन। यिनीहरुको जीवनस्तर वृद्धि हुन सकिरहेको देखिदैन। विभेद मुक्त समाजका लागि सरकारले विभिन्न अन्तर्राष्ट्रिय सन्धि र घोषणापत्रहरुमा हस्ताक्षर गरेपनि कार्यान्वयन पक्ष अत्यन्तै नाजुक छ। यिनीहरुको शिक्षा, स्वास्थ्य, सरकारी विभिन्न निकायहरुमा प्रतिनिधित्वको सुचांक अति निरस रहेको छ। राज्यका श्रोत साधनहरुबाट यिनीहरु बञ्चित छन्। यसर्थ सम्पूर्ण क्षेत्र र निकायहरुमा यिनीहरुको सुनिश्चितताको प्रत्याभूति गरिनुपर्छ।
उपरोक्त अर्न्तवस्तुहरुको खबरदारीका लागि, जाती र जातीय विभेदमा पारिएका आदिवासी/जनजाति, मुस्मिल, दलित, मदेशी, महिला, अल्पसंख्यक, उत्पीडित तथा उपेक्षित समुदायहरुको संवैधानिक सुनिश्चिताका लागि “४५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” आयोजना गरिएको हो।
यसर्थ हामीहरु सबै मिलेर “४५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद
आयोजक संस्थाहरु
१. जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्च
२. राष्ट्रिय मानव अधिकार आयोग
३. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
४. अथार मगरात मगर प्रतिष्ठान
५. अलहेरा एजुकेशन सोसाईटी
६. आदिबासी जनजाति उत्थान केन्द
७. आदिवासी जनजाति चलचित्र महासंघ
८. आदिवासी जनजाति विद्यार्थी महासंघ
९. आदिवासी जनजाति महिलाहरुको राष्ट्रिय सञ्जाल
१०. इन्डिजिनियस फिल्म आरकाइव
११. शेरपुजा समाज कल्याण केन्द्र
१२. गैर सरकारी संस्था महासंघ
१३. कर्णाली विकास साझा अभियान
१४. किराँत याक्खा छुम्मा
१५. किरात याक्थुङ चुम्लुङ
१६. किरात राई यायोक्खा
१७. गोर्खा आर्मी एक्स सर्भिसेस अर्गानाइजेशन
१८. ज्यापु महागुठी
१९. जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र
२०. जन उत्थान प्रतिष्ठान
२१. जागरण मेडिया सेन्टर
२२. तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद
२३. तोक्पेगोला समाज सेवा समिति
२४. थकाली सेवा समाज
२५. थारु आदिवासी गैसस महासंघ
२६. थारु कल्याणकारीणि सभा
२७. थरुहट स्वायत्त राज्य पषिद
२८. थरुहट संघर्ष समिति
२९. दलित गै.स.स.महासंघ
३०. दलित विकास समिति
३१. दलित महिला संघ
३२. दलित संयोजन समिति
३३. दलित साहित्य प्रतिष्ठान
३४. दलित सेवा संघ
३५. दलित सेवा समाज
३६. नाडियन
३७. नासा सृष्टि खला
३८. नेपाल आदिवासी जनजाती महासंघ
३९. नेपाल आदिवासी जनजाति महिला महासंघ
४०. नेपाल चेपाङ (प्रजा) संघ,
४१. नेपाल छन्त्याल संघ
४२. नेपाल थामी समाज
४३. नेपाल बराम संघ
४४. नेपाल पहरी विकास संघ
४५. नेपाल योल्मो समाज सेवा संघ
४६. नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ
४७. नेवा दे दवुः
४८. निल हिरा समाज
४९. फातिमा फउ48डेसन
५०. बर्दियाली थारु विकास मञ्च
५१. बाहिङ किरात मुलुखिम
५२. भुजेल समाज सेवा समिति
५३. मधेशी गैरसरकारी संस्था महासंघ
५४. मधेशी जनअधिकार फोरम नेपाल
५५. मधेशी दलित विकास महासंघ
५६. मानव अधिकार संरक्षण मञ्च
५७. मुक्त कमैया उत्थान मञ्च
५८. मुस्लिम इत्तिहाक संगठन
५९. मुस्लिम महिला समाज
६०. मुस्लिम मुक्ति मोर्चा नेपाल
६१. मुस्लिम राष्ट्रिय मञ्च नेपाल
६२. मुस्लिम संघ नेपाल
६३. राष्ट्रिय दलित आयोग
६४. राष्ट्रिय दलित नेटवर्क
६५. ल्यानकाउ नेपाल
६६. लिम्बु विद्यार्थी मञ्च
६७. लुमन्ती, काठमाण्डौ
६८. समावेशी सामाजिक जनवकालत मञ्च
६९. सामाजिक विभेद विरुद्ध एक्यवद्धता मञ्च
७०. सामाजिक सरोकार तथा विकास मञ्च,
७१. सिमान्तकृ संयोजन समिति
७२. सिमाप नेपाल
७३. सुनुवार सेवा समिति
७४. हिमालयन सर्वाङ्गिण विकास तथा समाज कल्याण केन्द्र